फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य शुक्रबार पनि बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि बिहिबार सुन एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ६० रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्