वीरगंजमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन १४१ जनामा संक्रमण

बीरगंजः बीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका ४३ जना थुनुव सहित १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप संक्रमित मध्ये पर्साका १ सय ३३ जना, बाराका ४ र रौतहटका ४ गरी १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए ।

याे पनि पढ्नुस  कोरोना कहरमा ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द

संक्रमितमध्ये २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन् । संक्रमितहरु ८ वर्षको बालकदेखि ७९ वर्षका वृद्धसम्म रहेका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताए ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान सार्वजनिक गरिएको रिपोर्टमा अहिलेसम्मकै एकै दिनमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो । यसअघि साउन २१ गते बुधबार ११२ जना सङ्क्रमित फेला परेकोमा शुक्रबार त्यो रेकर्ड तोडिएको छ ।

याे पनि पढ्नुस  उपत्यकामा थपिए आज अहिलेसम्मकै बढी संक्रमित

पिसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा नारायणी बयोधा अस्पताल गण्डकका ५ जना डाक्टर र १४ जना कर्मचारी समेत छन् । त्यसैगरी, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका एकजना चिकित्सक, नेपाली सेनाका ५ जना सैनिक जवान, १ जना नेपाल प्रहरीका जवान समेत संक्रमित भएका छन् ।

याे पनि पढ्नुस  फर्केर हेर्दा २०७६ः आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास

थप संक्रमित हुनेमा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीका परिवारका सदस्य ७२ वर्षिय पुरुष र ६८ वर्षिया महिलासमेत रहेका छन् ।

कन्ट्र्याक्ट टेसिङ्ग तथा एक घर एक पिसीआर अभियान अन्तर्गत गरिएको परिक्षणको क्रममा बीरगन्ज महानगरपालिका विभिन्न क्षेत्र भित्र यत्तिखेर संक्रमित पहिँचान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्