उपत्यकामा ह्वात्तै बढ्याे कोरोना, स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्थिति अप्ठ्यारो रहेको भन्दै कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्न आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  कोरोनाले लियो २४ घण्टामा ४८ सय बढीको ज्यान, ७८ हजार संक्रमित, कहाँ कति ? (सूचीसहित)

उनले छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गरे । काठमाडौंमा पनि कोरोना संक्रमण वृद्धि भइरहेको भन्दै उनले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताए ।

‘औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो, संक्रमण बढ्दै गएमा हाम्रो अस्पतालले धान्न सक्दैन’ उनले भने, ‘त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागु गर्नुपर्यो ।’

याे पनि पढ्नुस  यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रालयले भारतीय सीमासँग जोडिएका जिल्लाहरूमा संक्रमण बढेको भन्दै ती ठाउँहरुमा सम्बन्धित निकायलाई सावधानी अपनाउन अपिल गरेको छ ।

लकडाउन खुकुलो भएसंगै देशभरलगायत उपत्यकामा ह्वात्तै बढेको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ ।

उपत्यकामा झन् भयावह बन्दै कोरोना, कहाँ कति पुगे संक्रमित ?

कमेन्ट गर्नुहोस्