‘कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरू संचालन नगर्नू’

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरू संचालन नगर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपाल सरकारले विद्यालय संचालन गर्ने निर्णय गरि नसकेको अबस्थामा परीक्षासँग सम्बन्धित कुनै पनि काम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट बच्न यस्तो छ प्रदेश नम्बर १ को तयारी

‘कोभिड(१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले जारी गरेको सूचसञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यह नामा भनिएको छ ।

कमेन्ट गर्नुहोस्