आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : गत २४ घण्टामा नेपालमा ४ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शुक्रबार सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १ जनाको पीसीआर पोजिटिभ देखिएको जनाएको छ ।

यस्तै ललितपुरका १०, काठमाडौँका ९२, नुवाकोटका ८, सर्लाहीका ७, कञ्चनपुरका १, भक्तपुरका ४, बाराका ९, कैलालीका १९, तनहुँका २, गुल्मीका १, बाँकेका २९, वर्दियाका १५, कास्कीका ११, स्याङजाका १, कालिकोटका ४ जनाका संक्रमण पुष्टि भएको हो।

कोरोना भाईरसको संक्रमण निको भएर थप ४२५ जना संक्रमित डिस्चार्ज भएका छन्।योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ।

कमेन्ट गर्नुहोस्