प्रिमियर लिगको `प्लेअर अफ दि इअर´को मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक

काठमाडौं : प्रिमियर लिगको प्लेअर अफ दि इअर अर्थात वर्ष खेलाडीको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

मनोनयनमा पर्नेमा च्याम्पियन लिभरपुलका ३ सहित ७ खेलाडी रहेका छन् ।

प्लेअर अफ दि सिजनका लागि लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, जोर्डन हेन्डरसन र साडियो माने म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना, लेस्टर सिटीका जेमी भार्डी, साउथह्याम्पटनका ड्यानी इङ्ग्स, बर्नलीका निक पोप मनोनयनमा परेका छन् । मनोनयमा पर्ने निक पोप एक्ला गोलकिपर हुन् ।

कमेन्ट गर्नुहोस्