कोरोनाबाट नेपालमा थप १ संक्रमितको मृत्यु

वीरगन्ज :कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट वीरगन्जमा थप १ संक्रमितको निधन भएको छ ।

वीरगन्ज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।

कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

याे पनि पढ्नुस  विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो, निर्देशिकामा के छ ?

शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणः चीनमा ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो, एकै दिन ९७ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ७० को मात्र मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । नेपालमा संक्रमितको संख्या भने २२ हजार नाघेको छ ।

कमेन्ट गर्नुहोस्