हात्तीको दाह्रासहित सुकेधाराबाट ३ जना पक्राउ

काठमाडौं : हात्तीको दाह्रासहित प्रहरीले आज काठमाडौँको सुकेधाराबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडौं कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौं सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

याे पनि पढ्नुस  विप्लव नेकपाका जिल्ला कमिटी सदस्य ‘टाइगर’ पक्राउ

आज अपराह्न १ः३० बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्