`नेकपा फुटे राष्ट्र नै संकटमा पर्छ´

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा फुटेमा राष्ट्र संकटमा पर्ने बताएका छन् ।

प्रेस संगठन नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट उपलब्ध भएको गणतन्त्र र संघीयता रक्षाका लागि पार्टी एक ढिक्का हुनु अहिलेको मुख्य आवश्यकता भएको बताए ।

याे पनि पढ्नुस  सापकोटामाथि कुनै मुद्दा छैनः अध्यक्ष दाहाल

शीर्ष नेताहरुको व्यवस्थापनको समस्याका कारण पार्टीभित्र अन्तरविरोध देखिएकाले एकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका नेतालाई कुन स्थानमा राख्ने भन्ने विषय नै अन्तर विरोधको प्रमुख कारण बनेको उनको भनाइ छ ।

शीर्ष नेताहरुको कारण पार्टी फुटेमा लामो बलिदानी र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने खतरा भएकाले अहिले महानायक बन्ने कि खलनायक बन्ने कुरा उनीहरुकै हातमा रहेको बताए ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठकः वेदुरामले पनि पेश गरे फरक टिप्पणी र सुझाव (पूर्णपाठसहित)

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी विभाजन भए राष्ट्र र राष्ट्रियता संकटमा पर्ने बताए ।

कमेन्ट गर्नुहोस्