नेपालका ६ जिल्ला कोरोना `फ्री´

काठमाडौं : नेपालमा ६ वटा जिल्ला कोरोना भाइरस (कोभिड-१९) काे सङ्क्रमणबाट मुक्त भएका छन् ।

खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।

याे पनि पढ्नुस  लकडाउन खुकुलोपछि जर्मनीमा फेरि बढ्यो कोरोना

महोत्तरी, पर्सा, रौतहट, काठमाडौं भने ५ सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लाे समय काठमाडौं पनि काेराेना सङ्क्रमणकाे उच्च जाेखिममा रहेकाे छ ।

आज देशभर ४ सय ६४ जनाको पीसीआर पोजिटिभ देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्