परीक्षण नगरी अन्तेष्टि गरिएका वडाध्यक्षको परिवारका ४ जनाको पीसीआर पोजिटिभ

  1. रौतहट : कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडा अध्यक्षको परिवारमा ४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन ।

परीक्षण नगरी अन्तेष्टि गरिएका इशनाथ नगरपालिका ५ वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको परिवारमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई सातादेखि रुधाखोकीसँगै ज्वरो आएर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजाँदै गर्दा गत १९ गते बिहान बाटोमै मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

कोरोनाको हटस्पोट बनेको ईशनाथकै मृतक वडाध्यक्ष रहेको भए पनि परिवारका मानिसको जिद्दीको कारण उनको परीक्षण हुनसकेन ।

उनमा कोरोना संक्रमण हुनसक्ने आशंका गरिएको थियो । मृत्यु भएको ३ दिनअघि ठाकुरको आरडिटी रिपोर्ट निगेटिभ आउँदा उनको स्वाब संकलन गर्न परिवारका मानिस न मानेको नगर स्वास्थ संयोजक ईस्राफिल खांनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्