प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो ।

प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका छ्न ।

याे पनि पढ्नुस  थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

उनका अनुसार प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, डाक्टर शिवमाया तुम्बाहाङ्फेलगायत सात जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

कमेन्ट गर्नुहोस्