अपडेट- भारतमा विमान चिप्लिएर दुई टुक्रा, १५ जनाको गयो ज्यान

भारतीय राज्य केरलाको कोझिकोड एयरपोर्टमा शुक्रबार साँझ भएको विमान दुर्घटनामा दुवै जना विमान चालक सहित कम्तिमा पनि १५ को ज्यान गएको छ। यद्यपि भारतीय समाचार स्रोतहरूले फरक फरक हताहतीको संख्या बताइरहेका छन्।

दुबईबाट आएको एयर इंडियाको उक्त विमान अवतरण रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। दुर्घट्ना पछि उक्त बोइङ्ग ७३७ विमान दुई भागमा टुक्रिएको थियो।

विमानमा चालकदलका सदस्य लगायत १९१ जना सवार थिए। भारतका केन्द्रिय मन्त्री भी मुरलीधरनले दुर्घटनामा दुवै चालकको समेत पुष्टि गरेका छन्। दुर्घटनामा१२३ भन्दा बढी घाइते रहेको र केही मानिस अझै विमानभित्र फसेका बताइन्छ। राहत तथा उद्वार कार्य जारी रहेको बताइएको छ।

कोकिझोड विमानस्थल २००६ मा अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा मान्यता पाएको हो। विमानस्थलको रनवे सानो भएको र टेबलटप संरचनाको उक्त विमानस्थलमा २००८ यता छ विमान दुर्घटना भैसकेका छन्।

दुर्घटनाप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्री लगायतले दुःख जनाएका छन्।

कमेन्ट गर्नुहोस्