काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरसले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार उपत्यकामा एकैदिन १०६ जनामा कोरोना देखिएको थियो । जुन संख्या उपत्यकामा अहिलेसम्मै एकैचोटि भेटिएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो । एकैदिन अहिलेसम्मकै धेरै संक्रमित फेला पर्दै उपत्यकामा कोरोनाले नयाँ रेकर्ड रेकर्ड कायम गरेको हो ।

शुक्रबाट काठमाडौंमा ९१ जना, ललितपुर जिल्लामा ११ जना र भक्तपुर जिल्लामा चार जना संक्रमित थपिए । उपत्यकाका १३६ ठाउँमा संक्रमित छन् । काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ गरी हालसम्म ९८२ जनामा कोरोना देखिएकामा सक्रिय संक्रमितको संख्या ६४६ छ ।

याे पनि पढ्नुस  कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

लकडाउन खुकुलो भएसंगै देशभरलगायत उपत्यकामा ह्वात्तै बढेको छ । संक्रमण बढेको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशका रोक लगाइएको छ । लकडाउनको नयाँ मोडालिटि बनाउने तयारी भइरहेको छ । आइतबारदेखि दुई हप्ताका लागि सटडाउन गर्ने निर्णय भइसकेको छ ।

याे पनि पढ्नुस  डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला पर्दा थप पाँच जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको छ भने ७० जनाको मृत्यु भएको छ । तीमध्ये ६,३३० जनामा सक्रिय सङ्क्रमण छ भने अहिलेसम्म १५,८१४ जना भाइरसमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

कमेन्ट गर्नुहोस्