रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

फाइल फोटो ।

बुटवलः रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृतक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ को देवेन्द्र चौधरी को पहिचान खुलेको छ भने अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ । रुपन्देही सिद्धार्थ नगरपालिका–४ का ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीले नै तोड्छन् सवारी नियम

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नं.को कार रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागडस्थित हुलाकी सडकखण्डमा नियन्त्रित भई दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपचारको लागी भिम अस्पताल भैरहवा पठाइएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्