भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ४५५ संक्रमित थपिँदा ९३७ जनाको मृत्यु भएको छ । त्यहाँ लगातार दोस्रो दिन ६१ हजार संक्रमित थपिएँदा एकैदिन ५० हजार निको भएका छन् ।

याे पनि पढ्नुस  यी हुन् सबैभन्दा बढी र कम संक्रमित रहेका १७ भएका जिल्ला (सूचीसहित)

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुग्दा मृतक संख्या ४२ हजार ५७८ पुगेको छ । संक्रमित मध्ये १४ लाख २७ हजार बढी निको भइसकेका छन् । संक्रमित संक्रमित संख्या ६ लाख १६ हजार १६० पुगेको छ ।

याे पनि पढ्नुस  नेपालमा थप ९ जनामा देखियो कोरोना, ३ सय नाघे संक्रमित

योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

कमेन्ट गर्नुहोस्