यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिएको छ । शुक्रबार मध्य रातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ ।

याे पनि पढ्नुस  फेरि धमाधम लकडाउन गरिँदै, अहिलेसम्म कहाँ–कहाँ भयो ? (सूचीसहित)

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गरिएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्