भर्ना नलिएर अस्पताल घुमाउँदा घुमाउँदै युवतीको मृत्यु, कोरोना आशंका

वीरगञ्जः पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शंकास्पद कोभिड संक्रमितको रुपमा उपचाररत २० वर्षिय युवतीको उपचारको क्रममा गएराती मृत्यु भएको छ । उनी वीरगञ्ज–२ छपकैयाकी हुन् ।

मृतक युवतीको स्बावको नमूना संकलन गरी पिसिआर परिक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकाले साँझसम्म रिर्पोट आइसक्ने अस्पतालका कोर्डिनेटर डा‍‍. उदय नारायण सिंहले बताए ।

याे पनि पढ्नुस  कोरोनाः मृतक संख्या ५९ हजार नाघ्यो, संक्रमित ११ लाख नजिक, कुन देशमा कति (सूचीसहित)

४/५ दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेकी ति महिलालाई उपचारको लागि समयमा अस्पताल नल्याईएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजार्दै गर्दा समयमा उपचार हुन नपाई मृत्यु भएको डा. सिंह बताए ।

ज्वरो तथा रुघाखोकीले सिकिस्त बनेकी ती २० वर्षिय युवतीलाई शुक्रबार एकपछि अर्को गर्दै वीरगञ्जका निजी अस्पतालहरू एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल र नेशनल मेडिकलले भर्ना गरी उपचार गर्न नै नमानेको मृतक युवतीका आफन्तहरूले आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्