थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगरः विराटनगर महानगरपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।

नयाँ संक्रमितमा विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकमा कार्यरत दुई जना पत्रकार समेत रहेका छन् । पत्रकारलाई कोरोना पुष्टिपछि उक्त पत्रिकाले प्रकाशन अनिश्चितकालका लागि बन्द गरेको छ ।

शुक्रबार राति आएको परीक्षण रिपोर्टमा विराटनगर–२ का ४, विराटनगर–३ का १, विराटनगर– ५ का १, विराटनगर –६ का २, विराटनगर –७ का ३ जना छन् । त्यस्तै विराटनगर–८ का १, १० का १, ११ का १, १३ का ४ र विराटनगर–१४ का १ जनामा सङ्क्रमण देखिएको छ ।

याे पनि पढ्नुस  कहाँ-कहाँ थपिए मंगलबार कोरोना संक्रमित? (सूचीसहित)

योसँगै विराटनगरमा सङ्क्रमित हुनेको संख्या २४५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्