एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

परीक्षा बोर्डको अनुसार विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ ।

परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डले जनाएको छ ।

याे पनि पढ्नुस  कक्षा ११ को नतिजा सार्वजनिक यसरी चेक गर्नुहोस् अनलाइनमा

यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको बोर्ड जनाएको छ ।

यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ ।

कमेन्ट गर्नुहोस्