काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमााडौंमा मात्र ५६ संक्रमित थपिएका छन् भने ललितपुर र भक्तपुरमा ३/३ संक्रमित थपिएका छन् ।
योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४४ पुगेको छ ।
देशभर आज ३७८ जनामा कोरोना संक्रमण देखिएको छ ।