नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं : नेपालमा कोराना भाइरसको संक्रमणबाट शनिबार ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिलाको शुक्रबार कोरोनाबाट मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

याे पनि पढ्नुस  कोरोनाको खोप १६ हप्ताभित्रै आविष्कार हुने

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन शुक्रबार नै उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो।

याे पनि पढ्नुस  पूर्वगोर्खा सैनिकको हिँड्दाहिँड्दै ढलेर निधन

उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

कमेन्ट गर्नुहोस्