शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (विवरणसहित)

काठमाडौं : गत २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यससँगै नेपालका काेराेना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महाेत्तरीका १७ जना, सुनसरीका १० जना, माेरङका ४९ जना, सप्तरीका १ जना, धनुषाका २० जना, सर्लाहीका ३६ जना, बाराका ७ जना, पर्साका ५५ जना, काठमाडाैँका ५६ जना, ललितपुरका ३ जना, भक्तपुरका ३ जना, चितवनका २ जना, मकवानपुरका ६ जना, राैतहत ४ जना र सिन्धुलीका २ जनालाई कोरोना पुष्टि भएकाे हो।

याे पनि पढ्नुस  थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२० पुग्यो

यस्तै काभ्रेका ७ जना, रामेछापका ५ जना, धादिङका २ जना, दाेलखाका २ जना, नुवाकाेटका १ जना, कञ्चनपुरका ४ जना, बागलुङका १३ जना, कास्कीका ३ जना, म्याग्दीका १ जना, स्याङजाका ७ जना, बाँके ४९ जना, रुकुम पश्चिमका १ जना, बर्दिया १ जना, सुर्खेतका ३ जना, जाजरकोटका १ जना, बझाङका ३ जना र कैलालीका ४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

याे पनि पढ्नुस  वडाध्यक्षले कोरोना संक्रमितको परिवारलाई घरभित्र ताल्चा लगाएर थुनेपछि...

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

कमेन्ट गर्नुहोस्