सोलु खोलामा पानीको सतह बढ्याे, सेतो पोखरी फुटेको आशङ्का

सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्मा भनिने सेतो पोखरी फुटेकाे आशङ्कामा खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् ।

शुक्रबार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि नुम्बुर हिमालको काखमा रहेको दूधकुण्ड पोखरी फुटेको अनुमान गर्दै खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरिएको थियो ।

याे पनि पढ्नुस  भीरबाट लडेर ५५ जनाको मृत्यु !

खोलामा पानीको सतह बढेपछि अवस्था पहिचानका लागि दावा शेर्पासहितको एक टोली दूधकुण्ड क्षेत्रमा गएपछि चोकर्मा फुटेको बताएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर जाम्गेलजाङबु शेर्पाले जानकारी दिए । ‘चोकर्मा क्षेत्रमा रहेको ताल फुटेको खबर छ । फुटेको तालको आधा पानी बाहिरिँदा सोलुखोलामा पानीको सतह बढेको हो,’ मेयर शेर्पाले भने ।

याे पनि पढ्नुस  माओवादी हमलामा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

दूधकुण्डकै आकारमा रहेको सो पोखरी पुरै फुटे खोला किनारमा रहेको बस्ती प्रभावित बन्न सक्ने जोखिम कायमै रहेको उनको भनाइ छ । मौसम अनकूल हुनासाथ तालको अवस्थाबारे बुझ्नका लागि हेलिकोप्टरमार्फत जाने तयारी गरेको मेयर शेर्पाले बताए ।

लेदोसहितको पानीको सतह बढेपछि माथिल्लो क्षेत्रमा ताल फुटेको हुन सक्ने आकलन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्