विभिन्न देशबाट आज १५ सय बढी नेपाली फर्किए स्वदेश

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १४७ र रियादबाट २५८ यात्रु काठमाडौँ ल्याएको छ ।

याे पनि पढ्नुस  चीनबाट नेपालीलाई ल्याउन अझै आलटाल, अभिभावकको अनशन बस्ने चेतावनी

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ ।

याे पनि पढ्नुस  रुखले किच्दा भारतमा २ नेपालीको ज्यान गयो

मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमश: १७३ र १७१, एयर अरेबियाले सारजाहाँबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौँ ल्याएको छ ।

आइतबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्