कैलालीमा २ समूहबीच झडप, ५ जना घाइते

धनगढी : कैलालीमा २ समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

जिल्लाको टीकापुर नगरपालिका-९ र वडा नम्बर ६ का युवाहरुबीच झडप भएको हो ।

टीकापुर प्रहरीका अनुसार उनीहरुबीच खक्रौलास्थित बालुवाटारमा झडप भएको थियो। २ समूहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्।

याे पनि पढ्नुस  कैलालीमा मोटरसाईकलको ठक्करबाट एकको मुत्यु

टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ।

घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ।

याे पनि पढ्नुस  प्रहरी कार्यालयकै छेउको पुलमा अवकाशप्राप्त हवल्दारद्वारा झुण्डिएर आत्महत्या

पक्राउ परेकाहरुले आफूहरु १० जनाको समूहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ।

कमेन्ट गर्नुहोस्