नेकपा विवाद समाधानका लागि अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौंः श्रेष्ठ

काठमाडौंः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद समाधनका लागि अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने बताएका छन् ।

उनले संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारू गर्नुपर्ने र सबै बैठकमा उपस्थित भएर आ–आफना विचार राखेर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

याे पनि पढ्नुस  गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिन्नः अध्यक्ष प्रचण्ड

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकाल्नुपर्ने बताए ।

उनले स्टाटसमा अगाडि लेखेका छन्, ‘त्यसबीचमा आवश्यकताअनुसार शिर्षस्थ नेताहरूको बीचमा र सचिवालयमा गृहकार्य गरौं । बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं ।’

याे पनि पढ्नुस  रातारात दशगजामा बाँध बनाउँदै भारत

पार्टी भित्रको बहस र अन्तरसंर्घषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाउनुपर्ने र त्यो व्यक्तिको हार र जीतको बिषय नहुने स्ष्ट पारेका छन् । पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई बिजयी बनानुपर्ने भन्दै श्रेष्ठले थपेका छन्, ‘व्यक्तिगत आरोप, प्रत्यारोप वा गाली–गलौजका रुपमा होइन, वैचारिक,‬ ‪सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं ।’

याे पनि पढ्नुस  जनताको रगतमा महल ठड्याउनेको खुट्टा छोट्याइन्छः विप्लब नेकपा

कमेन्ट गर्नुहोस्