भारतमा फेरि कोरोनाको नयाँ रेकर्ड, मोदीको ध्यान भने मन्दिरमा !

नयाँ दिल्लीः भारतीय सत्ताले मन्दिर निर्माणलाई प्राथमिकता दिएको बेला कोरोनाले भने छलाङ मारेको छ । शनिवार एकैदिन ६५ हजार भन्दा बढी संक्रमित बनेका छन् ।

देशमा कोरोना संक्रमण रोकिने कुनै सम्भावना देखिँदैन । हरेक दिन संक्रमणको संख्या बढ्दै गइरहेको छ ।  कोरोनाले विकराल रुप लिएको बेला भारतीय सरकार भने अयोध्यामा राम मन्दिर निर्माण गर्ने विषयमा जुटेको छ ।

गत साता मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले निकै तामझामका साथ अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन गरेका छन् । भारतीय मिडिया र सत्ता निकट बुद्धिजीविहरुका लागि कोरोना भन्दा मन्दिर निर्माणको विषयले चर्चा पाएको छ ।

याे पनि पढ्नुस  निषेधाज्ञामा कडाइ, यस्तो छ उपत्यकाको पछिल्लो अवस्था

भारतमा कूल संक्रमितको संख्या २१ लाख नाघेको छ । शनिवार २४ घण्टामा ६५ हजार १ सय ५६ जना कोरोना संक्रमित बनेका छन् । महाराष्ट्रमा मात्रै १५६ जना संक्रमित भएका छन् ।

पछिल्लो जानकारी अनुसार, भारतका कृषि राज्यमन्त्री कैलीश चौधरी र मन्त्री अर्जुन मेघवालमा समेत कोरोना देखिएको छ ।
भारतले कोरोना रोकथामका लागि तीन चरणसम्म लकडाउनको घोषणा गरेको थियो । तर सरकारका प्रयासले कोरोना रोकथाम हुनुको साटा झन बढेर गएको छ ।

याे पनि पढ्नुस  कर्मचारीमा कोरोना त्रासः जीवनको सुरक्षा गर्न माग

भारतमा रहेको चरम बेरोजगारी, अस्तव्यस्त स्वास्थ्य प्रणाली र जनउत्तरदायी शासन व्यवस्थाको अभावका कारण कोरोनाले विकराल रुप लिएको कतिपयले टिप्पणी गरेका छन् ।

पछिल्लो २४ घण्टामा भारतपछि सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा देखिएको छ। त्यहाँ एकै दिन ५३ हजार सात सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा ४६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  कोभिड–१९ बाट निधन भएका व्यक्तिको शवबाट कोरोना सर्छ कि सर्दैन ?

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ६१ हजार दुई सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच हजार ६ सय १ जनाले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्