आजदेखि उपत्यकामा सटडाउन लागू, यी हुन् बन्द हुने सेवाहरू (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा आजदेखि सटडाउन लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले शुक्रबार सो निर्णय गरेको हो ।

तीनै सीडीओ कार्यालयले साउन २५ गतेदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका हुन् ।

नियमित सञ्चालन हुने सेवाहरूः
– शान्ति सुरक्षा सम्बन्धी सेवा,
– ठाडो निवेदन र उजुरी सेवा,
– मुद्दा सम्बन्धी कार्य
– अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र
– विपद् व्यवस्थापन सम्बन्धी कार्य

स्थगित गरिएका सेवाहरू
– नयाँ नेपाली नागरिकता वितरण,
– नागरिकता प्रतिलिपि वितरण,
– हातहतियार दर्ता र नविकरण
– संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य,
– निजी सुरक्षा कम्पनी नविकरण
– राहदानी वितरण,
– नाबालिग परिचयपत्र वितरण र
– अन्य अत्यावश्यक नभएका सेवाहरू ।

अनावश्यक भीडभाड नगरी सामाजिक तथा भौतिक दूरी कायम राखी गफगाफ तथा आवतजावत गर्न र कोरोना सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन अपिल गरिएको छ । स्वास्थ्य सतर्कता नअपनाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कानुनी कारबाहीको चेतावनी दिइएको छ ।

याे पनि पढ्नुस  मृतक महिलामा अस्पताल जानुपूर्व कोरोना भएको शंका, भर्ना हुनअघि किन भएन जाँच ?

गृह मन्त्रालयद्वारा जारी गरिएको बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ अनुसार आवतजावत गर्दा, कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम राख्न, आवतजावत गर्दा तथा कार्यस्थलमा रहँदा मास्क र सेनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

याे पनि पढ्नुस  कर्णालीमा १ वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकामा तैनाथ सुरक्षा अधिकारीसहितको बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार सङ्क्रामक रोग सम्बन्धी स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाहीको चेतावनी दिइएको छ ।

यसका लागि सुरक्षा निकाय सँंगको समन्वयमा बजार, पसल, रेस्टुराँ, सपिङ मल, सरकारी तथा गैरसरकारी कार्यालय, सैलुन पसल ब्युटीपार्लर, स्पा, बर्थ डे पार्टी, भोज, समूहगत भेटघाट लगायत नागरिकको बाक्लो भीडभाड हुने स्थानको निरीक्षण तथा मापदण्ड पूरा गरे नगरेको अनुगमनको तयारी गरिएको छ ।

याे पनि पढ्नुस  दैनिक आपूर्ति र स्वास्थ्यमा समस्या परे मलाई खबर गर्नुस्ः सांसद तामाङ

कमेन्ट गर्नुहोस्