कोरोनाबाट थप १ जनाको मृत्यु, मृतक संख्या ७४ पुग्यो

काठमाडौंः नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

मृतक पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष हुन् । डायबिटिजबाट पीडित उनको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

साउन १७ गते अस्पताल भर्ना उनको आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो ।

याे पनि पढ्नुस  बारामा कोरोनाबाट थप दुईको मृत्यु, मृतक संख्या १५ पुग्यो

नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

कमेन्ट गर्नुहोस्