२३ औं दिन ईः ले अनसन तोडे

काठमाडौंः ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडेका छन् ।

अभियन्ताले २३ औं दिनमा अनसन तोडेका हुन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आज आमरण अनसन तोडेका हुन् ।

याे पनि पढ्नुस  उद्योगी विनोद चौधरीमा कोरोना पुष्टि

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्ता ईः लाई पानी पिलाएर अनसन तोडाए । आन्दोलनरत ईः र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्