यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र (सूचीसहित)

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिएको छ ।

शुक्रबार मध्यरातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गरिएका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण

शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ ।गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि शनिबार ‘सिल’ गरिएको छ ।

याे पनि पढ्नुस  कोरोना रोक्न असफल मोदी सरकारः एकैदिन ४० हजार बढीमा संक्रमण, संक्रमितको संख्या ११ लाख नाघ्यो

महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।

उपत्यकामा ह्वात्तै बढ्यो कोरोना, ठूलो ‘डिजास्टर’ हुने चिन्ता

कमेन्ट गर्नुहोस्