श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा महिन्दा राजापाक्ष नियुक्त

कोलम्बो : श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिएका थिए ।

याे पनि पढ्नुस  श्रीलंकामा कफ्र्यू उल्लंघन गर्ने २६ हजार व्यक्ति पक्राउ

सपथ कार्यक्रममा कुटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरुको उपस्थिति थियो ।

राजापाक्षले श्रीलंकामा यो सहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन् । राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उनको नयाँ मन्त्रिपरिषद् यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।

याे पनि पढ्नुस  श्रीलंकाका राष्ट्रपति गोतावयले भनेः हाम्रो मन-मुटुमा छ, बुद्ध जन्मभूमि नेपाल

श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोना भाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो ।

श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगस्ट २० मा सुरु हुनेछ ।

याे पनि पढ्नुस  एसिया कपः श्रीलंकामा यसरी अभ्यास गर्दैछ नेपाली टिम (फोटो फिचर)

श्रीलंकाली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका २ सर्वोच्च राजनीतिक पदमा पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्