आज ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : गत २४ घण्टामा नेपालमा ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ५ सय ४४ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० डिस्चार्ज भएका छन्।

याे पनि पढ्नुस  खानेपानी मन्त्री मगरको निर्देशनमा ठाउँ–ठाउँमा हात धुने व्यवस्था

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३ सय ५३ पुगेको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्