काठमाडौंमा ९० र ललितपुरमा २ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा आज ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना कोरोना पोजिटिभ देखिएको हो ।

काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् ।

आज ३८० जनामा कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  चीनले गर्‍यो अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग