आज कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित? (सूचीसहित)

काठमाडौं : आइतबार देशभर ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ सय ८० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्रीको निधन

आइतबार सुनसरीका ६, सिरहाका ४, मोरङका २८, झापाका ४, सप्तरीका १७, धनुषाका ३७, महोत्तरीका १५, रौतहटका १, सर्लाहीका ४, सिन्धुलीका १, बाराका ४, पर्साका ७३, चितवनका ७, नुवाकोटका ३, नवलपरासीका ४, रामेछापका १, सिन्धुपाल्चोकका १, धादिङका १, बैतडीका १, पर्वतका १, पाल्पाका १ र रुपन्देहीका १० जनामा कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  भारतद्वारा भेन्टिलेटर सहयोग

यस्तै बाँकेका २१, बर्दियाका २, कपिलवस्तुका १७, डढेल्धुराका ३, दाङका ४, दैलेखका १, सुर्खेतका २, जुम्लाका ४ तथा कालिकोटका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।

कोरोना संक्रमणमक्त भएर घर फर्कंनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ । आज विभिन्न जिल्लामा ४० जना उपचारपछि डिस्चार्ज भएको छ ।

कमेन्ट गर्नुहोस्