नेकपा फुट्न नदिन ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी विभाजन हुन नदिने प्रतिवद्धता जनाएका छन् । आज सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजन हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरूलाई हाम्रोमा आउने बनाउँछौं ।’

याे पनि पढ्नुस  गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिन्नः अध्यक्ष प्रचण्ड

कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिकसमेत गरिएको थियो । उनीहरूले यो संख्या बढ्दै जाने दावीसमेत गरेका छन् ।

पार्टी विभाजन हुन नदिने भन्दै हस्ताक्षर गर्ने ६१ सांसदको सूची :

कमेन्ट गर्नुहोस्