नेकपा महासचिव पौडेलका अंगरक्षकमा कोरोना देखियो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका स्वकीय सचिव याम पाण्डेका अनुसार महासचिव पौडेलको सुरक्षामा खटिएका १ जना अंगरक्षकलाई कोरोना पुष्टि भएको हो ।

‘घर परिवारका सबै सदस्य, सुरक्षाकर्मी र ड्राभइरकोसमेत कोरोना जाँच भएको थियो। महासचिवसहित अन्य सबैको रिपोर्ट हिजै नेगेभिट आएको थियो,’ पाण्डेले भने ‘तर अंग रक्षकको आज रिपोर्ट पोजिटिभ आएको हो ।’

याे पनि पढ्नुस  भरतपुरमा मृत्यु भएकी युवतीको कोरोना परीक्षण गरिने

अंगकरक्षकलाई कोरोना पुष्टि भएपछि महासचिव पौडेल काठमाडौंमै होम आइसोलेसनमा बसेका छन् । उनका परिवारका सदस्य र चालकलाई पनि होम आइसोलेसनमा राखिएको छ ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्