बाँकेमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

बाँके : नेपालगगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोहलपुर नगरपालिका-२, की ७० वर्षीया उनलाई ४ दिनअघि उपचारका लागि भर्ना गरिएको थियो ।

ज्वरोसँगै स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उनको निमोनिया भई छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  आज ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

महिलाको छातीमा समस्या देखिएको र उपचारका क्रममा मृत्यु भएको महिलामा कोरोना पुष्टि भएको शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

कडा खालको ज्वरो आएपछि २३ साउनमा उनको स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाइएको थियो ।

कमेन्ट गर्नुहोस्