सोमेन्द्र सिंह राठौरले पाए काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सोमन्द्र सिंह राठौरले पाएका छन् ।

यसअघि काठमाडौं प्रहरी प्रवक्तामा डीएसपी राजकुमार केसी थिए ।

काठमाडौं प्रहरीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका युनिटले गरेको काम कारवाहीलाई तथ्यगत रूपमा सम्प्रेषण गर्नका लागि राठौरलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

याे पनि पढ्नुस  काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली र अपराध महाशाखामा थापाले पाए जिम्मेवारी

जिल्ला प्रशासन कार्यालय पर्साबाट काठमाडौं सरुवा भएका राठौर अपराध अनुसन्धान र अप्रेशनमा अब्बल मानिन्छन् ।

राठौरसँग लामो सयम काठमाडौं उपत्यकामा बसेर पुलिसिङ गरेको अनुभव छ ।

कमेन्ट गर्नुहोस्