उद्धार उडानमा तस्करी, विमानस्थलबाटै पक्राउ परे ४ जना

काठमाडौं : प्रहरीले सुन तस्करीमा संलग्नको अभियोगमा उद्धार उडानमार्फत नेपाल फर्किएका ३ जनालाई पक्राउ गरेको छ ।

कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न गरिएको चार्टर्ड फ्लाइटमा आएकाहरु सुनजस्तो देखिने धातुसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके रहेका छन् ।

याे पनि पढ्नुस  चक्कुको बीँडमा सुन लुकाएर ल्याउने युवक एयरपोर्टमा पक्राऊ

संयुक्त अरब इमिरेट्स युएईबाट आएका उनीहरुबाट १७५७.४ ग्राम धातु बरामद गरिएको छ ।

उक्त धातुलाई बाहिरबाट चाँदीले लेपन गरिएको छ । प्रहरीले भने सुनलाई चाँदीले लेपन गरेको आशंकामा परीक्षण गर्न पठाएको छ ।

कमेन्ट गर्नुहोस्