सामाजिक अन्याय

सामाजिक अन्याय एक बिकार सामाजिक सोच र गलत शैलीको तन्त्र हो । यस कुरामा हामी सचेत र संयम भएर बहस छेड्न छरुरी हुन्छ । प्रत्येक युगमा एउटा भिन्न असामाजिक गतिविधिले जरो गाडेको र झाङ्गी बसेको देखिन्छ ।

सामाजिक अगुवाहरूको नेतृव गरेर २०१९ एडीमा होमराज आचार्यले महाकाली मेची पदयात्राको नेतृत्व गरेका थिए । त्यो अभियानको सुध्वनीले मलाई आज यस सामाजिक अन्याय बारे केही लेख्न मन जागेर आयो । त्यो पदयात्रा एक संकेत थियो । त्यो सामाजिक अनुसन्धानको प्रचलित र आगामी दिनहरूमा पार्न सक्ने सामाजिक दरार र मन फाट्ने चुरो थियो । असामाजिक, अनैतिक र अज्ञानलाई विज्ञान ठान्ने ठालु प्रवृतिलाई प्रकाश देखाउन सामाजिक अन्यायविरुद्ध एक संक्षिप्त टिपणी यस आलेखमार्फत उठाउँन खोज्दै छु ।

‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको यो हरफबाट मनन गर्न सकिन्छ । तर, मान्छेको मनभित्र एउटा अहंकार र भयंकर हुने होडबाजीमा उसले महाकविलाई किन पो बुझ्ने चेष्टा राखोस् । अहंकारी प्रवृतिलाइ त केवल अहँ, अहँ त्यी अज्ञानी वाणीविलास वा नेपाली कम्पित कम्युनिजम विचारभित्र लफाजीको बुर्कुची दौडमा सीमित हुनु छ ।

मलाई हरेक समय श्रुति हुने र आउने वाक्यहरूले अचम्मित तुल्याउछ । ती बानि हुन् जुन समाजमा यथावत छन् । र, जरा फिजी बसेका छन् । कानुन, नीति र नियम बनिसके । देशको मूल कानुन वा संविधानले सामाजिक अन्यायलाई सम्वोधन गरिसक्यो भन्ने भीड ठूलो छ । तर, त्यो भिड अनुपालन संस्कारबारे मौन हुन्छ वा त्यस बारे आफ्नो ज्यानलाई सिक्षित तुल्याउन सक्दैन । वा बुझौ की उनीहरू तातो अहंकारको बिरुद्द उभिन सक्दैन् । धेरै समाज भित्रका पात्रहरु अहंकारको इन्धन भरेर आफ्नो ज्यानको इन्जन चलाई बसेका छन भने, कहिँ त्यो अहंकार लाइनै सत्य सम्झेर समाज लाइ अन्यायको आगो झोसी रहेका पाइन्छन।

सामाजिक अन्यायलाइ ३६० डिग्रिको भ्यालु पर थटमा राखेर हेर्दा, यो भूगोल लाइ हेरेर बुझ्दा अमेरिका देखि सुरु भयको यात्रा ७ वटै महादेशमा पाइन्छ , यसियाली रास्ट्र मध्य यो दक्षिण एसियामा बहुसंख्यक जन सामाजिक अन्यायबाट गुज्रेर समाज चलेको देखिन्छ । नेपाली आकाशमुनि हुने सामाजिक कुरुप वा असामाजिक प्रवृतिलाइ निम्न पाटो बाट बुझ्न सकिन्छ :

-पितृसतात्मक सामाजिक मनोरोग र महिला माथि हुने हिंशा र भेदभाव।

-जातीय विभेद र छुवाछुत प्रथा र उचो निचो सोचको मनोरोग।

-बर्गीय विभेद र आम्दानिका आधारमा हुने भेदभाव (जहाँ मर्यादा श्रमको होइन , पैसाको हुन्छ )

-रङ्गभेदी मनोरोग र धार्मिक कुरीति ( अशैसुण्ड्ताको बढवा)

-बिचारमाथि लादिने भेदभाव ( स्वतन्त्रताको कमि )

ऐन/कानुन 

छुवाछुत ऐन स्छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८
२ क. छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार : जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८
२ क. (१) प्रत्येक व्यक्तिलाई छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार हुनेछ।

(२) उपदफा (१) बमोजिम प्रत्येक व्यक्तिलाई देहायको अधिकार प्राप्त हुनेछः

(क) अदालत वा अन्य न्यायिक निकायबाट समान व्यवहार पाउने अधिकार,

(ख) कुनै सरकारी निकायबाट उपलब्ध गराइने सेवा तथा सुविधामा समान संरक्षणको अधिकार,

(ग) सार्वजनिक सेवामा समान पहुँचको अधिकार,

(घ) नेपालभित्र र बाहिर आवत जावत र बसोवास गर्न पाउने अधिकार,

(ङ) सांस्कृतिक कृयाकलापमा समान सहभागिताको अधिकार,

(च) विवाह गर्ने तथा बरबधु छान्ने अधिकार,

(छ) शान्तिपूर्वक भेला हुन तथा सङ्गठन गर्न पाउने अधिकार,

(ज) रोजगारी छनौट गर्न तथा काम गर्न पाउने अधिकार,

(झ) समान काम गरे बापत समान तलब पाउने अधिकार,

(ञ) सार्वजनिक स्थानमा समान पहुँचको अधिकार,

(ट) छुवाछूत तथा भेदभाव विरुद्ध शीघ्र न्यायिक उपचार र उचित क्षतिपूर्ति पाउने अधिकार।

ण् पहिलो संशोधनद्वारा थप ।
३. छुवाछूत तथा भेदभाव गर्न नहुने (जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८)
(१) कसैले पनि छुवाछूत तथा भेदभाव गर्न वा गराउन हुँदैन ।

(२) कसैले जातीय भेदभाव वा छुवाछूत गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न हुँदैन ।

(३) कसैले उपदफा (१) वा (२) बमोजिमको कुनै कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।

४. छुवाछूत तथा भेदभाव गरेको मानिने
जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८
(१) कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्था आधारमा यस दफा बमोजिमको कुनै काम गरे वा गराएमा छुवाछूत तथा भेदभाव गरेको मानिनेछ ।

(२) कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्था आधारमा जातीय भेदभाव वा छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा देहायको कुनै पनि कार्य गर्न वा गराउन हुँदैनः–

(क) प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, वा

(ख) व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने ।

(३) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वञ्चित गर्न हुँदैन ।

(४) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा सार्वजनिक समारोह आयोजना गर्न वा सार्वजनिक रुपमा आयोजना हुने कुनै कार्य गर्नबाट वञ्चित गर्न हुँदैन ।

(५) कसैले पनि जातीय छुवाछूत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी–जानी सहभागी हुनु हुँदैन ।

(६) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि पेशा वा व्यवसाय गर्न प्रतिबन्ध वा रोक लगाउने वा कुनै पनि व्यक्तिलाई कुनै पेशा वा व्यवसाय गर्न बाध्य पार्न हुँदैन ।

(७) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गर्न वा गराउन हुँदैन ।

(८) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्नबाट रोक्न वा रोक लगाउन हुँदैन ।

(९) कसैले कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाउने वा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण गर्ने गरी उत्पादन, बिक्री वा वितरण गर्न वा गराउन हुँदैन ।

(१०) कसैले जात वा जातिका आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गर्न वा गराउन हुँदैन ।

(११) कसैले प्रचलित कानून बमोजिम उमेर पुगेका वर–वधुवाट मञ्जूर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाउन, त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गर्न वा गर्न लगाउन हुँदैन ।

(१२) कसैले कुनै पनि व्यक्ति वा समुदायलाई श्रव्यदृष्य सामग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा विद्युतीय माध्यमबाट वा अन्य कुनै तरिकाले कुनै व्यक्ति वा समुदायलाई त्यस्तो व्यक्ति वा समुदायको उत्पत्ति, जात वा जातिको आधारमा उच्च वा नीच दर्शाउन, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठहर्याउन वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न वा गराउन हुँदैन।

(१३) कसैले उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्काशन गर्ने वा पारिश्रमिकमा भेदभाव गर्न वा गराउन हुँदैन ।
उक्त ऐनमानै बेवस्था गरियका कुराहरु बेवास्था गर्नेहरु लाइ पनि यो ऐनले छुट दिन खोजेको त् छैन , तल बर्णन गरियको छ , तर पनि किन कर्योनयनको पाटो फितलो हुन्छ ? यो कुरा बोध गर्नु पर्नेछ। निम्न उल्लेखित ८ नम्बर बुदाले के भन्छ हेरौ त् ! बुदा नस् ८. बाधा विरोध गर्नेलाई सजाय (जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८

यस ऐन अन्तर्गत सजाय हुने कसूरको अनुसन्धान वा तहकिकातको काममा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिवेदनको आधारमा अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सक्नेछ ।

समय अनुशार हुने भेदभाव लाइ नियम बनाउनु पर्छ र त्यो कुरा बुदा नम्बर १६ ले समेटेको पाइन्छ तर कडाइ गर्ने हात सत्ता लाइ हुने हुदा हरेक एन कार्योनयन र पुनरावलोकन हुदै जानु पर्छ।
१६. नियम बनाउन सक्ने ( जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८)
यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।

१७. खारेजी (जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८)
मुलुकी ऐन, अदलको महलको १०क. नं. खारेज गरिएको छ ।
परिवर्तनमा नेपालि नागरिकको हरेक हिस्सा हुने तर” विभेद” राजनति बन्ने किन ? त्यासैले सम्पुर्ण सामाजिक अन्याय लाइ निस्तेज पार्न निम्न कुराहरु पनि संगसंगै अघि बढाउँ :

-शिक्षा  र त्यो पनि शिप युक्त, महिलाको सिक्षामा सहजै पहुच।
यदि घरकी आमा सिक्षित भइन भने पुरै परिवार ज्ञानी र सिक्षित हुन् जान्छ , यस्ता विभेद बारे पक्ष र प्रतिपक्ष दुवै लाइ ज्ञान दिन सक्ने सामर्थ्य घरकी आमाको बढि हुने हुदा आउने पुस्ताकी आमा लाइ बढि सिक्षित बनाउन तर्फ नीति थिति बसालौ।

-नव संस्कार (अनुपालनको संस्कृति विकासमा जोड )

-सूचनाको हक र स्वतन्त्र प्रेस मार्फत पनि कानुन , नियम र बिधिहरु सही कर्योनयन हुन्छन।
-सहकारी र समुदाय भित्रको सहकार्य बिस्तारमा जोड।
-वातावरनीय प्रभाव मुल्यांकन माथि जोड दिने बस्ति , बिकास र समृद्धताको परिभाषा निर्माणमा जोड।
(आदिबासी, जनजाति र अल्पसंखयक समुदायहरुको सही व्यवस्थापनमा जोड।
-सान्ति र मनको अहंकार हटाउन योग लाइ जोड।
-सम्पुर्ण सामाजिक आर्थिक बिकास लाइ बुझाउदै नव सफल सुत्रहरुको खोज , अनुसन्धान र बिकासमा जोड।

माथि उल्लेखित उपायहरु लाइ दिगो बिकास २०३०को लक्ष्य केन्द्रित सामाजिक न्यायको महसुश गराउन लागि पर्नु पर्ने आजको आवस्यकता हो। त्यासैले अझै बढि क्याम्पेन हौंन यो दुनिया बदल्ने सवालहरुमा।

मन हुने हुनाले मान्छे भाको कुरा मनुष्य जातिले नाभुल्नुनै उत्तम हुन्छ , विभेद नबुझे मन लाइ सोध्नु , के हो त सामाजिक न्याय भनेर? उत्तर आउनेछ कि त्यो सत्य हो भनेर, जुन सत्य सबै हुन् बराबर भनेर । जय मानवीयता, जय सत्य स सामाजिक अन्याय मुर्दाबाद ! आगे सत्य।

लेखक : सामाजिक अभियान्ता हुन् (विभेद् सम्बन्धि नेपालको ऐनहरूको सहयोगमा )

कमेन्ट गर्नुहोस्