विदेशमन्त्रीले बुद्धबारे दिएको अभिव्यक्ति भारतले सच्यायो : भन्यो, ‘बुद्ध लुम्बिनीमा जन्मिएका थिए’

काठमाडौं : भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।

भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिनुभएको गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याएको हो ।

साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ । ‘बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,’ मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वक्तव्यमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्