भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ । संक्रमणमा पनि भारतले विश्वका सबै देशलाई उछिनेको छ ।

संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण धेरैको मृत्यु भएको वर्ल्डओमिटरमा उल्लेख छ

पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा एक हजार १३ जनाले ज्यान गुमाएका छन् । ६२ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  दिल्लीको जमादीमा भाग लिएर आएका थिए झापाका दोश्रो संक्रमित

भारतमा लगातार तेस्रो दिन ६२ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसअघि शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६५ हजार १५६ जना कोरोनासंक्रमित फेला परेका थिए ।

निको हुनेमा आइतबार रेकर्ड बनेको छ । आइतबार ५४ हजार ४७४ जनालाई निको भएको छ । यो अहिलेसम्मकै बढी हो ।

याे पनि पढ्नुस  भद्रगोलका हास्यकलाकार ‘विलासे’लाई कोरोना संक्रमण पुष्टि

योसँगै भारतमा कोरोना संक्रमितका संख्या २२ लाख १४ हजार १३७ पुगेको छ । ४४ हजार ४६६ जनाको मृत्यु हुँदा १५ लाख ३४ हजार २७८ जना निको भएका भइसकेका छन् ।

यसबीचमा भारतपछि मेक्सिकोमा धेरैले ज्यान गुमाएका छन् । मेक्सिकोमा ६ सय ९५, ब्राजिलमा पाँच सय ९३, अमेरिकामा पाँच सय २५ जनाले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  सरकारी स्कुलको अनुशासित विद्यार्थी लंगुर बाँदर !

अमेरिकामा ४७ हजार आठ सय २०, ब्राजिलमा २२ हजार दुई सय १३, मेक्सिकोमा साढे ६ हजारमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर चार हजार सात सय ८३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ भने दुई लाख १९ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्