यी हुन् कोरोनाबारे सिसिएमसीले गरेको महत्वपूर्ण ८ निर्णय (सूचीसहित)

काठमाडौंः आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ १ गतेदेखि सञ्चालन हुने भनिएका सेवाहरू तत्काल खुला नगर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उसले गरेका प्रस्ताव उपर आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

– विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने ।

याे पनि पढ्नुस  उपत्यकामा निषेधाज्ञा, के गर्न हुने र के गर्नु नहुने ?

– २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सिफारिस ।

– छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस ।

– अन्तराष्ट्रिय सीमा नाकाहरूमा थप कडाई गर्ने ।

याे पनि पढ्नुस  ‘र्‍यापिड टेस्ट’ गर्ने टोली बाग्लुङ, कैलाली र कञ्चनपुरमा

– स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टाइन स्थलहरू व्यवस्था गर्ने ।

– अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह ।

– फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्नलगायतका व्यापार पूर्ण रुपमा बन्द गर्न सिफारिस ।

– कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरूलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय । यसरी सेवा प्रवाह गर्दा अत्यावश्यक सेवाको हकमा ७/७ दिन तथा अन्य कार्यालयको हकमा १५/१५ दिनको आलोपालो मिलाई ५० प्रतिशतलाई कार्यालय र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउने ।

कमेन्ट गर्नुहोस्