साढे १० लाख बढी घुससहित खानेपानीका इन्जिनियर पक्राउ

काठमाडौंः नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  धनगढीबाट नक्कली नोट र मेसिन सहित चार जना पक्राउ

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्