काठमाडौंः लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।
अधिवक्ता जयबहादुर भुजेलले भट्टविरुद्धको रिट दर्ता गराएको अदालतका रजिस्टार बाबुराम दाहालले जानकारी दिए । रिटको पहिलो पेसी मंगलबारका लागि तोकिएको रजिस्टार दाहालले जानकारी दिए ।
गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
रिटमा भट्टको योग्यता र क्षमतामाथि प्रश्न उठाइएको छ भने भट्टलाई बोर्डमा नियुक्ति गर्दा मापदण्ड नै नपुगेको उल्लेख छ ।