मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय ?

काठमाडौंः आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओली निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठक नियमित भएपनि कोरोना सम्बन्धि केही महत्वपूर्ण निर्णय लिन सक्ने बताइएको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो । तर, आजको बैठकले उक्त समयावधि थपका विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले बताए ।

याे पनि पढ्नुस  अर्थमन्त्री खतिवडाले दिए राजीनामा

पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्ै गएपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान शुरू गर्ने निर्णय १५ दिन पछि सार्न प्रस्ताव गरेको छ ।

यी हुन् कोरोनाबारे सिसिएमसीले गरेको महत्वपूर्ण ८ निर्णय (सूचीसहित)

कमेन्ट गर्नुहोस्