आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : सोमबार देशभर नेपालमा ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

सोमबार झापाका १, खोटाङका २, मोरङका १४, धनुषाका १३, महोत्तरीका ३, बाराका ३, पर्साका २२, काठमाडौँका ३६, ललितपुरका ४, नुवाकोटका ४, रौतहटका ३१, सर्लाहीका २१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  ‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’

यस्तै, सिन्धुपाल्चोकका १, मोरङका १, मकवानपुरका २३, सिन्धुलीका ६, अछामका १, अर्घाखाँचीका १, बागलुङका १, भक्तपुरका ४, चितवनका १, गोर्खाका ३, पाल्पाका १, रामेछापका १, स्याङजाका १, तनहुँका २, नवलपरासीका २ जना रहेका मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  इटलीमा कोरोना संक्रमणबाट एकैदिन ४७५ जनाको ज्यान गयो

यस्तै प्युठानका १५, रुपन्देहीका १, कपिलवस्तुका ११, बाँकेका ६३, बर्दियाका २, दाङका ५, कैलालीका ७, सल्यानका १, रोल्पाका १, सल्यानका ६, सुर्खेतका १, दैलेखका १७, बैतडीका १ तथा बझाङका १ जना संक्रमित थपिएका हुन्।

त्यस्तै, गत २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १ सय ४० संक्रमित मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको कूल संख्या १६ हजार ७९३ पुगेको छ ।

कोरोना संक्रमण रोक्न फेरि कडाई, खुल्ला नाका पूर्ण बन्द

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

कमेन्ट गर्नुहोस्