बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, महत्वपूर्ण निर्णय हुने सम्भावना

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । साढे ६ बजेपछि सुरु भएको बैठकले कोरोना सम्बन्धि केही महत्वपूर्ण निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो । तर, आजको बैठकले उक्त समयावधि थपका विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान शुरू गर्ने निर्णय १५ दिन पछि सार्न प्रस्ताव गरेको छ ।

कमेन्ट गर्नुहोस्